सिके राउतको पार्टीले घोषणा गर्‍यो आन्दोलनको कार्यक्रम

डिसी नेपाल
८ असोज २०७९ १२:३०

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति र सरकारविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ। नागरिक विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध र किसानका माग सम्बोधन नगरेकाले गठबन्धन सरकारविरुद्ध जनमत पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

जनमत पार्टीले जारी गरेको विज्ञप्तिअनुसार असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामनासहित नागरिकताको अधिकार खोसेको विषयमा माइकिङ, असोज ११ देखि १८ सम्म वडास्तरमा अन्तरक्रिया, र्याली, विरोध प्रदर्शन र कोणसभा, असोज १९ गते (विजयादशमी) किसानको माग सम्बोधन नगर्ने र नागरिकताको अधिकार खोस्नेहरूको पुत्ला दहन गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *