रेल चढेर तीनकोरिया पुगे ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया पुगेका छन्। जनकपुरधाम विमानस्थलबाट शनिबार सिधै जनकपुर रेल्वे स्टेशन पुगेका ओली त्यहाँ रेलको टिकट काटेर तीनकोरिया पुगेका हुन्।
तीनकोरियामा आज एमालेको पार्टी प्रवेश कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा सहभागी हुन् ओली तीनकोरिया पुगेका हुन्। लोसपा छाडेर धनुषा २ बाट निर्वाचित सांसद उमाशंकर अरगरिया सांसदलाई पार्टीमा प्रवेश गराउन आज ओली तीनकोरिया पुगेका हुन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment