लोसपाका प्रमुख सचेतक उमाशंकर एमालेमा प्रवेश

डिसी नेपाल
८ असोज २०७९ १६:४०

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् । धनुषाको तीनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा प्रवेश गराएका हुन्।

०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए ‌। पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *