डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः कांग्रेस नेता सिंह
काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्। आज राजधानीको रत्नराज्य विद्यालयको बिज्ञना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन्।
नेता सिंहले जनस्तरमा अनुभुत हुने गरि काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगो नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरेका छन्। बिरामीले सिटामोल पनि भनेको समयमा पाइदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए। स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन्।
फरक प्रसंगमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउदा जिम्मेवारी बहन गरेको बताए। अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नु पर्ने उनले जनाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment