घरायसी विवादपछि श्रीमतीको हत्या

डिसी नेपाल
९ असोज २०७९ १०:५४

काठमाडौं । अर्घाखाँचीको सितगंगा नगरपालिका–३ खसर्कामा आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा ५४ वर्षीय पिताम्बर भुषाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको बताईएको छ । उनलाई ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *