२५० करोडमा बिक्यो शाहरुखको ‘जवान’

डिसी नेपाल
९ असोज २०७९ ११:०७
2.6k
Shares

काठमाडौँ। बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ । साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्ममा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय छ ।

यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग छ। यसको सेटलाइट राइटस् जीटीवीले किनेको छ । यद्यपि, फिल्म युनिटले यसको आधिकारिक पुष्टि गरेको छैन।

फिल्ममा नयनतारा, सुनील ग्रोवर र सान्या मल्होत्राको पनि अभिनय छ। फिल्मको प्रस्तुतकर्ता रेड चिलीज इन्टरटेनमेन्ट हो । यो फिल्म आगामी वर्षको जुन २ मा रिलिज हुँदैछ। फिल्ममा शाहरुखको दोहोरो भूमिका छन्।

शाहरुख अभिनित अन्य दुई फिल्म ‘पठान’ र ‘डंकी’ पनि सन् २०२३ मै रिलिज हुँदैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *