सहारा एपको राइडर र सेवाग्राहीलक्षित चाडपर्व अफर
काठमाडौं। लोकप्रिय राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ। ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनीले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन्। त्यसका साथै नगद उपहार पनि जित्न सकिने छ।
जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्त मौका बढि रहने कम्पनीले जनाएको छ। सबै उपहारहरु छठ पर्वपछि प्रदान गरिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहार प्रदान गरिनेछ। यसका साथै अन्य आकर्षक गिफ्टहरु पनि रहेको कम्पनीले जनाएको छ। यो अफर योजना अवधि छठ सम्म रहेको कम्पनिले जनाएको छ। साथै अहिले कम्पनिले नि:शुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ।
यसबाट नयाँ राइडरले फाइदा लिन सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए। नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment