रामदेव तेलको चाडपर्व उपहार योजनाः पाँचौँ हप्ताका विजेतालाई पुरस्कार वितरण

डिसी नेपाल
९ असोज २०७९ १४:१६

काठमाडौँ। लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रालिद्वारा उत्पादत गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलको ‘चाडपर्वको बहार, हरेक हप्ता उपहार’ योजनाअन्तर्गत पाँचौँ हप्ताका विजेताहरुलाई वितरण गरिएको छ।

लक्की ड्रमार्फत विजेता हुन सफल काठमाण्डौको चाबहिलका उमेश श्रेष्ठ र बालाजुकी मनिषा अधिकारी रिमाललाई पुरस्कार वितरण गरिएको हो। दुवैजनालाई जनही १–१ कार्टुन रामदेव सनफलावर तेल गणपति वनस्पतिका मार्केटिङ मेनेजर विनोद श्रेष्ठले प्रदान गरेका थिए।

यो योजनाअन्तर्गत हरेक हप्ता दुईजनालाई पुरस्कार वितरण गरिँदै आएको छ। यो योजना छठ पर्वसम्म सञ्चालन हुनेछ। गणपति बनस्पतिले रामदेव ब्रान्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *