अविरल वर्षाले राजमार्ग अवरुद्ध

डिसी नेपाल
९ असोज २०७९ १४:४६
96
Shares

डडेल्धुरा। लगातारको वर्षाका कारण डडेल्धुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ। पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्गसँगै अन्य ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। आज बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै रोकिएका छन्।

भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा पनि पहिरो झरेको छ। पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी सञ्चालमा आएको र त्यहाँ सवारी जाम लागेको यात्रुले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *