एमाले सैद्धान्तिक विचलनमा परेकोले परित्याग गरेँ : गंगाराम यादव

डिसी नेपाल
१० असोज २०७९ १३:४०

जनकपुरधाम। नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन्। सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन्।

एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए। एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकता साथ दिएन र पार्टी परित्याग गरेको छु।’

उनी कुन पार्टी जाने विषयमा अहिले खोल्न चाहेनन्। स्रोतका अनुसार उनी १२ असोजमा धनुषामा हुने पार्टी प्रवेश कार्यक्रममा विधिवत् रुपमा जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *