अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै

डिसी नेपाल
११ असोज २०७९ १३:५८

काठमाडौँ। अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन्। उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा बिगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ। यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उनको सहभागीता रहने विज्ञप्तिमा जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *