११ देशमा साकुरा नाइट सिजन ५
काठमाडौँ। सूर्य कर्पोरेसनले अस्ट्रेलियाको विभिन्न सहरमा साकुरा नाइट सिजन ५ आयोजना गर्ने जनाएको छ। आयोजक संस्था कर्पोरेशन र ग्लोबल मिडियाले बुधबार कार्यक्रमबारे जानकारी दिएको हो।
यसअघि नेपाल र जापानमा चारपटकसम्म साकुरा नाइट भइसकेको छ। सिजन ५ यसपटक ११ देशमा हुने आयोजक संस्था सूर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेले बताए। अस्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाइट सिजन ५ को आयोजना हुँदैछ। क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका सहरमा कम्तीमा सात शोको तयारी भइरहेको अस्ट्रेलियाका लागि आयोजक संस्था डि ब्वाइज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले बताए।
अस्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थाहरुमा डी ब्वाइजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली इन्टरटेन्मेन्ट र प्रोडक्सन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले सम्पूर्ण व्यवस्थापनको तयारी गरेको छ। १३ देखि २१ डिसेम्बरसम्म कार्यक्रमको तयारी गरेको साकुरा नाइट सिजन ५ को अस्ट्रेलिया टुर हुने आयोजकले बताइएको छ।
अस्ट्रेलियापछि जापान, दुबई, कोरिया, न्युजिल्यान्ड, युरोप, युके, क्यानडा, अमेरिका र नेपालमा पनि साकुरा नाइट सिजन ५ म्युजिकल टुर निरन्तर सूर्य कर्पोरेसनले सुरु गर्नेछ।
यसअघि डायस्पोरामा हुने सबैभन्दा प्रतिष्ठित र पपुलर नेपाली फिल्म अवार्डको रुपमा सूर्य इन्टरनेसनल अवार्ड सूर्य कर्पोरेसनले सफल आयोजना गरिसकेको कार्यक्रमका संयोजक समीर बलामीले बताए।
साकुरा नाइट सिजन ५ का लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकार रहने आयोजक संस्था कर्पोरेसनले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment