चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको निट राइटिङ बन्यो भाइरल

डिसी नेपाल
१३ असोज २०७९ ९:२५
26.0k
Shares

नयाँ दिल्ली। चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन्। डाक्टरहरूको प्रेस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन्।

तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा प्रेस्क्रिप्सनको फोटोले सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ। यो केरलाका डा. नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन्।

यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो। नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी)मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन्।

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त पे्रसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार डा नारायणन विगत तीन वर्षदेखि सीएचसीमा कार्यरत छन्। उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे।

अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *