दशैंमा घर फर्किन नपाउँदाको पीडा पोख्दै पुष्पनले ल्याए ‘लाहुर’ गीत

डिसी नेपाल
१६ असोज २०७९ ९:४६

काठमाडौँ। चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ।गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ। कहिले उनको गीतले प्रेमको पीडा बोक्छ। उनै, गायकले दशैं तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गरेका हुन्।

गीतले खासगरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई स्वर दिएको छ। यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ। दशैं तिहारमा घर जान नपाउने लाुहरेहरुको कथालाई गीतमा सर्लक्कै टिपिएको छ।

कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाध्य नेपाली कसरी चाडबाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ। परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिबन्धमा परेर मन बाँधेर बस्नु पर्ने परदेशिएका नेपालीको कथालाई गीतले दुरुस्त उतारेको छ।

संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन्।

हरि हुमागाईंले निर्देशन गरेको म्युजिक भिडियोले गीतको कथालाई न्याय गरेको छ । यसपटक पनि उनले भिडियोमा एउटा सिंगो कथा बुनेका छन्। जहाँ, थुप्रै संवाद पनि समावेश छ। भिडियोमा उत्तम हुमागाँइको छायांकन, हरिकै सम्पादन छ। भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ।

भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *