ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे

डिसी नेपाल
१६ असोज २०७९ ११:१३
116
Shares

अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ। दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे।

विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानियले पानी मुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए।

उद्धार गर्नासाथ नेपालीलाई उपचारकाे लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएकाे छ। प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घाेषणाकाे लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएकाे छ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीकाे घटनास्थलमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक हाेमनाथ रेग्मीले बताए। “यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घाेषणा नगरेसम्म मृत भन्न मिल्दैन” रेग्मीले भने “तर उहाँ जिवित भने हुनुहुन्न।”

नेपालीकाे परिवारमा आमा, श्रीमती र दुई छाेरी छन्। श्रीमती भने राेजगारीकाे क्रममा भारतमा रहेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *