चितवन मेडिकल कलेजमा बिरामीको मृत्यु भएपछि तोडफोड, १० जना पक्राउ

डिसी नेपाल
१८ असोज २०७९ १६:३७
88
Shares

चितवन । बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड भएको छ।

भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि आक्रोशित आफन्तहरुको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्ष भित्रमै प्रवेश गरेर तोडफोड गरेका हुन् ।

तोडफोडबाट लाखौंको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको बताइएको छ।

मृतकलाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरुले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताईएको छ । घटना बारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन्।

तोडफोडमा संलग्न भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *