ओली दम्पतिले लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका (तस्बिरहरु)

डिसी नेपाल
१९ असोज २०७९ १८:४१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् ।

उनी पत्नी राधिका शाक्य र एमाले नेताहरुसहित शीतल निवास पुगेका थिए । केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली बुधबार दिउँसो मात्र काठमाडौं आएका थिए ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए ।

बुधबार गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी हुन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी थिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *