पहिरो पन्छाएपछि त्रिभुवनराजपथ सञ्चालन

डिसी नेपाल
२२ असोज २०७९ २०:५९

मकवानपुर । त्रिभुवनराजपथअन्तर्गत हेटौँडा काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा आज बिहान खसेको सुक्खा पहिरोले यातायात अवरुद्ध भएकामा सडक डिभिजनको डोजरले पहिरो पन्छाएपछि आजै साँझ ५ बजेदेखि यातायात सञ्चालन भएको छ ।

बाह्रघुम्तीमा बिहान पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आएको सवारीसाधनलाई सिमभञ्ज्याङमा रोकिएको र हेटौँडाबाट आएको सवारीसाधनलाई भैँसेमा रोकिएका थिए । पहिरो पन्छाएपछि प्रहरीले सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *