खुल्ला छ असन बजार (फोटोफिचर)

डिसी नेपाल
२४ असोज २०७९ ११:०२

काठमाडौं। राष्ट्रिय राजधानी काठमाडौंको मुटु असन बजार पछिल्ला केही वर्षयता खुल्ला देखिएकै छैन । राजधानीको व्यापारिक केन्द्र समेत रहेको यो ठाउँमा पसलमा मात्र होइन हरेक गल्ली र हरेक कोठाहरुमा व्यापार हुन्छ । साँघुरा गल्लहिरुबाट भित्र छिर्ने हो भने पनि यहाँ पसलहरु र बजार भेटिन्छन् । तर, पछिल्लो पटक दशैंपछिको समयमा असन बजार खुला देखिएको छ ।

नेपालीहरुले सबैभन्दा ठूलो चाडको रुपमा मनाउने दशैंका लागि राजधानीमा बस्दै आएका धेरै मानिसहरु गाउँ गएका छन् र फर्किसकेका छैनन् । त्यसैले पनि यहाँ मानिसको चाप कम छ । त्यसमाथि काठमाडौं महानगरका हालका मेयर बालेन्द्र शाहले निर्वाचित भएलगत्ते राजधानीका अव्यवस्थित बजारलाई व्यवस्थित गराउने अभियान थालेका छन् ।

सडकपेटी, मन्दिरका पेटी, फुटपाथमा राखिएका पसलहरुलाई व्यवस्थापन गर्ने महानगरको अभियान सुरु भएसँगै असन बजार खुल्न थालेको थियो । पछिल्लो समय उपभोक्ताको चाप कम भएको अवस्थामा त यो ठाउँ ऐतिहासिक रुपमै खुल्ला देखिएको छ । हेर्नुहोस् तस्वीरहरु –

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *