उम्मेदवारले नाम फिर्ता लिन के-के गर्नुपर्छ ?
काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन्।
निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृतसमक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन्।
उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नु पर्नेछ।
कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारिक रुपमा तोकिएको समयमा पत्र पठाएमा उसलाई उम्मेदवारबाट हटाइने छ।
नाम फिर्ता लिएको सूचना प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो सूचना दर्ता किताबमा दर्ता गरी सो जानकारी सूचना दर्ता गराउने व्यक्तिलाई दिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment