पाँचथरमा नेम्वाङ र आङदेम्बेबीच भिडन्त

प्रदेशमा एमाले, माओवादी र एस भिड्ने

सुरेन्द्र सुवेदी
२५ असोज २०७९ ९:४९
176
Shares

पाँचथर।आसन्न संघ र प्रदेशको निर्वाचनमा मनोनयन दर्तापछि जितहारको लेखाजोखा सुरु भएको छ।

एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङ र नेपाली कांग्रेसबाट सहमहामन्त्री भिष्मराज आङदेम्बेबीच एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा भिडन्त हुने भएको हो।

कांग्रेस, नेकपा एस, माओेवादी केन्द्रको तर्फबाट आङदेम्बे र एमालेका तर्फबाट नेम्बाङ चुनावी मैदानमा उत्रेका हुन्।

अघिल्लो निर्वाचनमा नेम्बाङ र आङदेम्बेबीच नै प्रतिस्पर्धा भएको थियो। २०७४ को त्यो निर्वाचनमा नेम्बाङले आङदेम्बेलाई १० हजार ५ सय बढी मतान्तरले पराजीत गरेका थिए।

प्रदेश सभाका २ स्थानमा एमालेले पार्टी पार्टी अध्यक्ष राजकुमार भण्डारीलाई उठाएको छ भने उनको बिरुद्धमा नेकपा एसका पार्टी अध्यक्ष कमलबहादुर जबेगु उठका छन्। जनाधार कमजोर रहेको नेकपा एसलाई जित निकाल्न कांग्रेस र माओवादीको ९० प्रतिशतबढी भर हुनपर्छ।

अन्य केही साना दलका र केही स्वतन्त्र उम्मेदवार भए पनि उनीहरुले खासै मत पाउने अवस्था छैन। प्रदेशको क्षेत्र ख मा माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो चुनावी मौदानमा उत्रेका छन्।

सत्ता गठबन्धनको तर्फबाट आङबो र एमालेका तर्फबाट केन्द्रीय सदस्य तथा पाँचथर सहइन्चार्ज अइन्द्रसुन्दर नेम्बाङबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। प्रदेश मन्त्री आङबोले गत निर्वाचनमा नेपाली कांग्रेसका सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *