पाँचथरमा नेम्वाङ र आङदेम्बेबीच भिडन्त

प्रदेशमा एमाले, माओवादी र एस भिड्ने

सुरेन्द्र सुवेदी
२५ असोज २०७९ ९:४९

पाँचथर।आसन्न संघ र प्रदेशको निर्वाचनमा मनोनयन दर्तापछि जितहारको लेखाजोखा सुरु भएको छ।

एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङ र नेपाली कांग्रेसबाट सहमहामन्त्री भिष्मराज आङदेम्बेबीच एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा भिडन्त हुने भएको हो।

कांग्रेस, नेकपा एस, माओेवादी केन्द्रको तर्फबाट आङदेम्बे र एमालेका तर्फबाट नेम्बाङ चुनावी मैदानमा उत्रेका हुन्।

अघिल्लो निर्वाचनमा नेम्बाङ र आङदेम्बेबीच नै प्रतिस्पर्धा भएको थियो। २०७४ को त्यो निर्वाचनमा नेम्बाङले आङदेम्बेलाई १० हजार ५ सय बढी मतान्तरले पराजीत गरेका थिए।

प्रदेश सभाका २ स्थानमा एमालेले पार्टी पार्टी अध्यक्ष राजकुमार भण्डारीलाई उठाएको छ भने उनको बिरुद्धमा नेकपा एसका पार्टी अध्यक्ष कमलबहादुर जबेगु उठका छन्। जनाधार कमजोर रहेको नेकपा एसलाई जित निकाल्न कांग्रेस र माओवादीको ९० प्रतिशतबढी भर हुनपर्छ।

अन्य केही साना दलका र केही स्वतन्त्र उम्मेदवार भए पनि उनीहरुले खासै मत पाउने अवस्था छैन। प्रदेशको क्षेत्र ख मा माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो चुनावी मौदानमा उत्रेका छन्।

सत्ता गठबन्धनको तर्फबाट आङबो र एमालेका तर्फबाट केन्द्रीय सदस्य तथा पाँचथर सहइन्चार्ज अइन्द्रसुन्दर नेम्बाङबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। प्रदेश मन्त्री आङबोले गत निर्वाचनमा नेपाली कांग्रेसका सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *