बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ४ अर्बले बढ्यो, सीडी रेसियोमा सुधार
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २३ असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको छ। १३ असोजसम्म बैंकहरूको निक्षेप ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप १ अर्बले बढेर ४५ खर्ब २३ अर्ब पुगेको छ। १३ असोजसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब २२ अर्ब रहेको थियो।
यस्ता, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी भने घटेको छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी १२ अर्बले घटेर ४७ खर्ब २६ अर्बमा सिमित भएको छ। १३ असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४७ खर्ब ३८ अर्ब रुपैयाँ रहेको थियो।
यस्तै,१३ असोजसम्म ४१ खर्ब ९७ अर्व रहेको वाणिज्य बैंकहरूको कर्जा लगानी अहिले ११ अर्बले घटेर ४७ खर्ब ३८ अर्ब रुपैयाँमा खुम्चिएको छ। बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.२४ प्रतिशतबाट घटेर ८७.०५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment