जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
सांकेतिक तस्विर।
काठमाडौँ। चितवन र बाँकेमा जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको खैरहनी नगरपालिका–३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीलगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment