आजको मौसम :पहाडी भू-भागमा वर्षाको सम्भावना

डिसी नेपाल
२८ असोज २०७९ ७:०७
36
Shares

काठमाडौं। हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शुक्रबार बिहान प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

केही दिनयता मौसम सुधारिएको छ। क्रमिक रूपमा मौसममा अझ सुधार आई भारी वर्षा पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राजधानी काठमाडौं लगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ। देशका पहाडी भू-भागमा भने आँशिक बदली रहेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *