उपत्यकामा एकैदिन ३६ सय १७ जना सवारी चालकमाथि कारवाही

डिसी नेपाल
२८ असोज २०७९ १०:४२
80
Shares

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६१७ जना सवारी चालकलाई कारवाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १२३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना सवारी चालक रहेका छन्।

सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो वत्तीको उल्लघन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *