नेपालको नयाँ नक्सा वितरण गर्दै ईश्वर अर्यालले थाले ‘देश चिनाउने अभियान’
काठमाडौं। नापी बिभागको स्थायी जागिरबाट राजीनामा दिएर ईश्वर अर्याल ‘देश चिनाउने अभियान’मा लागेका छन्। नापी बिभागको सर्भेक्षक (नायब सुब्बासरह) पदबाट राजीनामा दिएर अर्यालले नेपालको नयाँ नक्सा वितरण गर्दै ‘देश चिनाउने अभियान’ को सुरुवात गरेका हुन्।
आफू गोरखाली भएको नाताले समेत राष्ट्रनिर्माता पृथ्बीनारायण शाहले एकीकरण गरेको बिशाल नेपालको जानकारी दिँदै सरकारी विद्यालयका विद्यार्थीहरु देशको बारेमा जानकारी दिन अभियान थालेको बताए।
हाल नागार्जुन नगरपालिका १ का स्थायी बासीन्दा अर्यालले २०७९ साउन ३ गते बिभागबाट राजीनामा दिएर देशका सरकारी विद्यालयका बिद्यार्थीहरुलाई नेपालबारे जानकारी होसे भन्ने उद्देश्यले नेपालको नयाँ चुच्चे नक्सा वितरण गरिरहेका छन्।
उनको उक्त ७१ दिने अभियानमा काठमाडौं, ललितपुर, गोरखा, रुपन्देही, धादिङ, नुवाकोट र मकवानपुरमा पुगेर त्यहाँका सरकारी विद्यालयका बालबालीकाहरुलाई नक्सा वितरण गरिसकेका छन्।
हालसम्म सात जिल्लाका ७७ वटा विद्यालयमा नयाँ नक्सा वितरण गरिसकेका उनले अगामी दिनमा थप बिस्तार गर्ने बताउँछन्। काठमाडौंबाट नक्सा वितरण गर्न थालेका अर्यालले लुम्बिनी र गण्डकीका प्रदेशका विद्यालयमा पुगेर समेत वितरण गरेका छन्।
नेपालका नयाँ पिढीलाई नेपालको भौगोलिक र प्रशासनिक बिभाजनको बारेमा सुसूचित गर्ने र देश चिनाउने उद्देश्यले नयाँ नक्सा वितरण अभियानलाई अगाडि बढाएको उनले जानकारी दिए।
नापी विभागको सर्भेक्षण शाखामा बसेर २२ बर्ष काम गरेका उनी आफ्नो जागीरे अनुभव समेत नक्सा बनाउने नै भएकाले त्यसलाई निरन्तरता दिएको बताउँछन्।
१६ बर्ष कार्यकाल अझै बाँकी हुँदाहुँदै जागिरे जीवनबाट राजीनामा दिएका उनी आफूले जागिरबाट सिकेको सिप र अनुभवको प्रयोग गर्दै स्कुले भाइबहिनीहरुलाई राष्ट्रको भूगोल प्रशासनबारे सुसूचित गर्न अभियान थालेको बताउँछन्।
नेपालको पछिल्लो चुच्चे नक्साका बारेमा नयाँ पुस्ता जानकार हुनुपर्नेमा जोड दिदै देशको भूगोल सबैलाई बोध होस् भन्ने आफ्नो उद्देश्य रहेको बताए।
आफू गोरखाली भएकाले पनि राष्ट्रनिर्माता पृथ्बीनारायण शाहले भौगोलिकरुपमा एकीकरण गरेको मुलुकको बारेमा जानकारी दिने अभिलासा ब्याप्त भएकाले यो अभियान सुरु गरेको उनको भनाइ छ।
अर्यालले जागिरबाट प्राप्त गरेको अनुभव र राष्ट्रप्रतिको जिम्मेवारीबोधले अभियान सुरु गरेको बताउँछन्।
‘जागिरे जीवनको अनुभव र गोरखाको माटोले समेत राष्ट्रको भूगोलको बारेमा विद्यार्थीहरुले जानकारी पाउनुपर्छ, जो मातृभूमिको बारेमा जानकार हुँदैन उ अरुप्रति जिम्मेवार हुँदैन भनेरै यो अभियान सुरुवात गरेको हुँ’, यो अभियानलाई चुनावपछि फेरि निरन्तरता दिने बताउँदै उनले देशभरका सबै सरकार विद्यालयमा आफूले अभियान लैजाने बताए। उनले डिसी नेपालसँग भने, ‘अब आशन्न निर्वाचनपछि यसलाई निरन्तरता दिने जमर्को गरेको छु, देशका सबै युवा र विद्यार्थीले नक्साबाट देशको जानकारी लिउन भन्ने मेरो मनसाय हो।’
मंसिर ४को निर्वाचनलगत्तै अन्य जिल्लाका विद्यालयमा समेत आफ्नो अभियानलाई निरन्तरता दिने तयारीमा छन्। आशन्न निर्वाचनमा काठमाडौं ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले सो समय पछाडि पुनःनिरन्तरता दिने बताए।







डिसी नेपाल







Facebook Comment