आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

डिसी नेपाल
२९ असोज २०७९ ७:५८

काठमाडाैं। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको उल्लेख गरेको छ। महाशाखाका अनुसार हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको साथै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *