आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
काठमाडाैं। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको उल्लेख गरेको छ। महाशाखाका अनुसार हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको साथै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment