शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

डिसी नेपाल
३० असोज २०७९ ७:४५

काठमाडाैं। सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा  निधन भएको हाे।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारिक स्राेतले जनाएकाे छ।

जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए। जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *