हेटौँडाबाट चाँदीको गरगहनासहित एक जना पक्राउ

डिसी नेपाल
३० असोज २०७९ १८:५२
16
Shares

हेटौँडा । मकवानपुर प्रहरीले करिब २० किलो चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा अवैध ढंगबाट हेटौँडा ल्याइदै गरेको १९ किलो ८ सय ४५ ग्राम चाँदीबाट बनेको गरगहनासहित हेटौँडा–१४ बाट लालबाबु शाहलाई नियन्त्रणमा लिएको हो ।

बिरगंजबाट हेटौँडा आउँदै गरेका शाहालाई हेटौँडा १४ स्थित ड्राईभर डाँडाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदेश ०२-०३-०१८ प ८२४८ नंबरको मोटरसाइकल रोकेर जाँच गर्दा उनको साथबाट अवैध गहना बरामद गरिएको प्रहरीको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *