तानसेनमा पोखरीमा डुबेर बालकको मृत्यु

डिसी नेपाल
३० असोज २०७९ १८:५६

पाल्पा। तानसेन नगरपालिका-२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ ।

आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन-६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएकोमा मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *