भक्तपुर तलेजुमा कार्तिक ७, ८ र ९ गते तिहार मनाइने

डिसी नेपाल
३० असोज २०७९ १९:०९

भक्तपुर । यस वर्ष भक्तपुरको तलेजुमा तिहार कार्तिक ७ गतेदेखि तीनदिन मनाइने भएको छ । कार्तिक ७, ८ र ९ गते तिहार मनाइने भएको हो ।

तिहार मनाउने विषयमा विवाद भएपछि आइतबार बसेको छलफलबाट कार्तिक ७, ८ र ९ गते गरी तीनदिन तिहार मनाउने निष्कर्ष निकालेको भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले बताए ।

७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा ९गोवर्दन पूजा० र ९ गते किजा पूजा ९भाइटिका० गर्ने निर्णय भएको उनले जनाए । यो पटक कसैले ८, ९, १० त कसैले ७, ८, ९ र १० गते गरी तीनथरीका दिनमा तिहार मनाउने बताएपछि विवाद भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *