आजको मौसम : देशभर मौसम सफा रहने पूर्वानुमान

डिसी नेपाल
३१ असोज २०७९ ६:५९

काठमाडौं। हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जसकाण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *