धनतेरसमा किन्नु भएको वस्तु राशिअनुसार सहि दिशामा राख्नुहोस्, मिल्नेछ लाभ

डिसी नेपाल
६ कार्तिक २०७९ १०:२४

काठमाडौं । तिहार दसैँ पछिको दोश्रो ठूलो चाड हो। यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। तिहारको पहिलो दिन आज बिहानै यमराजका दुत कागको पुजा गरिमाइयो । आज नै साँझमा धनतेरस पुजा पनि गरिन्छ ।

भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ।

धनतेरसको दिन भगवान कुबेर, भगवान धन्वंतरी, गणेश जी र माता लक्ष्मीको पूजा गरिन्छ। यस दिन सुन, चाँदी, भाँडाकुँडा लगायतका सामान खरिद गरिन्छ । धनतेरसको अवसरमा किनबेच गर्नाले घरमा समृद्धि कायम रहने धार्मिक विश्वास छ ।

वास्तुशास्त्रका अनुसार धनतेरसमा खरिद गरिएका वस्तुहरूलाई सही दिशामा राख्नाले शुभ फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । अर्कोतर्फ, राशि अनुसार यी चीजहरूलाई सही दिशामा राख्ने हो भने यसको शुभता अझ बढ्नेछ। तसर्थ धनतेरसमा खरिद गरिएका वस्तुहरू कुन दिशामा राख्ने भन्ने वास्तुशास्त्रमा यसरी उल्लेख गरेको पाइन्छ ।

राशि अनुसार धनतेरसमा खरिद गरिएका वस्तुहरू सही दिशामा राख्नुहोस्:

मेष– आज किनेको वस्तु घरको उत्तर–पश्चिम भागमा राख्नुहोस्।

वृष –धनतेरसमा किनेको सामान घरको उत्तर–पश्चिम भागमा राख्नु राम्रो हुनेछ।

मिथुन–किनेको वस्तु घरको उत्तरी भागमा राख्नुहोस्।

कर्कट – किनेको वस्तु घरको उत्तर–पूर्वी कुनामा राख्नु पर्छ।

सिंह–यो राशिका व्यक्तिहरूले आज खरिद गरेको वस्तु घरको उत्तर–पूर्व कुनाको पूर्व दिशामा राख्नु राम्रो हुनेछ।

कन्या –धनतेरसको शुभ अवसरमा खरिद गरिएका सामानहरू घरको पूर्व दिशामा राख्नुहोस्।

तुला–आज खरिद गरिएको वस्तु घरको दक्षिण–पूर्व कुनाको पूर्वी भागमा राख्नुपर्छ।

वृश्चिक– आज किनेको वस्तु घरको दक्षिण–पूर्व कुनामा दक्षिण दिशामा राख्नुहोस्।

धनु–यो राशिका व्यक्तिहरूले आज किनेको चीजहरू घरको दक्षिण–पश्चिम दिशामा राख्नु पर्छ।

मकर–धनतेरसमा खरिद गरिएको वस्तु घरको दक्षिण–पश्चिम दिशामा राख्नुहोस्।

कुम्भ –आज खरिद गरिएको वस्तु घरको दक्षिण–पश्चिम दिशामा राख्नुहोस्।

मीन – धनतेरसको शुभ दिनमा खरिद गरिएका वस्तुहरू घरको पश्चिम दिशामा राख्दा राम्रो लाभ हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *