सलमान खानको स्थानमा करण जोहरले बिग बोस १६ को अर्को तीन एपिसोड होस्ट गर्ने
मुम्बइ । फिल्म निर्माता निर्देशक करण जोहरले बलिउड सुपरस्टार सलमान खानको सट्टा ‘बिग बोस’ सिजन १६ को अर्को तीन एपिसोड होस्ट गर्न लागेका छन्।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यसको पछाडि सलमान खानको खराब स्वास्थ्य रहेको बताइएको छ । सलमान खान डेंगुबाट ग्रसित भएको र कलर्स च्यानलमा शो होस्ट गर्ने जिम्मेवारी करण जोहरले अस्थायी रूपमा लिएको खबर आएको छ ।
पीटीआईले एक स्रोतलाई उद्धृत गर्दै भन्यो, “हामीलाई सलमानको टोलीले उनी अस्वस्थ भएको जानकारी दिएको छ। उनी बिहीबार सुटिङमा आएका छैनन् । सामान्यतया उनी ‘विकेन्ड का वार’ अर्थात् शुक्रबार र शनिबारको एपिसोड बिहीबार नै सुटिङ गर्छन् । अब उनको ठाउँमा दीपावली स्पेशल र शनिबार-आइतबारको एपिसोड करण जोहरले होस्ट गर्ने भएका छन् ।
सलमान खान सन् २०१० देखि ‘बिग बोस’ होस्ट गर्दै आएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment