दार्चुला घटनाबारे एमाले अध्यक्ष ओलीले मागे सरकारको जवाफ

डिसी नेपाल
१२ कार्तिक २०७९ १८:०३
196
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् ।

अध्यक्ष ओलीले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा यसपटक पनि मौन रहेको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा पवन महराको मृत्युबारे दुःख व्यक्त गरेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवामाथि प्रश्न गर्दै भनेका छन्,‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन,दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *