२ करोड ३६ लाख ८० हजार मतपत्र छापियो, आज सुदूरपश्चिममा ढुवानी गरिँदै

डिसी नेपाल
१३ कार्तिक २०७९ ७:२७
40
Shares

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापेको छ।

प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छपाइ भएको आयोगले जनाएको छ।

आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र ढुवानी भएको छ। ती जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुने भएको छ।

ती जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *