बोनस सेयर प्रस्तावसहित अरुण काबेलीले बोलायो साधारणसभा

डिसी नेपाल
१४ कार्तिक २०७९ ११:४७

काठमाडौँ। अरुण काबेली पावर कम्पनीले ३० कात्तिकमा वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको छ।

गत आर्थिकक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ। नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ।

कम्पनीले १ः१ अनुपातमा (१०० प्रतिशत) हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ। बोर्डले अनुमति प्रदान गर्ने बेलासम्म कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि स्वीकृति प्रदान गर्नेसम्बन्धी प्रस्ताव पनि सभामा लगिने अरुण काबेलीले जानकारी गराएको छ।

अरुणको हाल एक अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ। प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी दुई अर्ब चार करोड सात लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ।

साधारण सभा अल्फाबिटा कम्प्लेक्सको चौथो तल्ला नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीले साधारण सभा र बोनस सेयर प्रयोजनका लागि १८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *