राप्रपाको घोषणापत्र : एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने
काठमाडौं। राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने प्रस्ताव गरेको छ।
‘एक व्यक्ति दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।
यसैगरी का घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ। ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment