एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांशमा मूल्य समायोजन

डिसी नेपाल
१५ कार्तिक २०७९ ९:४२

काठमाडौँ। एनआइसी एसिया ग्रोथ र एनआइसी एसिया ब्यालेन्स्ड फन्ड दुवैको १३ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ।

समायोजनपछि ग्रोथ फन्डको प्रतिइकाई ९ रुपैयाँ २५ पैसालाई आधार मानेर आज मंगलबारको पहिलो कारोबार खुल्नेछ।सोमबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ५५ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो।

ब्यालेन्स्ड फन्डको समायोजन पछिको मूल्य ८ रुपैयाँ ७८ पैसा कायम भएको छ। यसैलाई आधार मानेर मंगलबारको पहिलो कारोबार खुल्नेछ। सोमबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ८ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो। दुवै फन्डले १३ प्रतिशत नगद लाभांश प्रयोजनका लागि आज कात्तिक १५ गते बुक क्लोज गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *