आईसीएफसी फाइनान्सको खुद नाफा ३ करोड ३४ लाख

डिसी नेपाल
१५ कार्तिक २०७९ १०:११

काठमाडौँ। आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा २९.७९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन मुनाफा घटेको छ। कम्पनीको खुद ब्याज आम्दानी ३४.९१ प्रतिशतले बढेर १४ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ करोड ३ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ६ करोड ८० लाख रुपैयाँबाट घटेर ४ करोड ९६ लाख रुपैयाँमा झरेको छ।

यो असोज मसान्तसम्ममा कम्पनीले १८ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ८.६४ प्रतिशतले बढेर ४९ करोड ७४ लाख रुपैयाँको उचाइमा पुगेको छ।

कम्पनीको खराब कर्जाको अनुपात १.७८ प्रतिशतले घटेर १.३१ प्रतिशतमा झरेको छ। सीडी रेसियो ७६.१७ प्रतिशत रहेको कम्पनीको आधारदर १२.३६ प्रतिशत छ।

कम्पनीको खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.७४ रुपैयाँले घटेर ११.८७ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १८.६१ रुपैयाँ रहेको थियो। पीई रेसियो ३६.८९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.३२ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *