सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१५ कार्तिक २०७९ १०:४३

काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो।  सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *