आजदेखि निष्कासनमा आयो सानिमा ग्रोथ फण्ड

डिसी नेपाल
१६ कार्तिक २०७९ ९:२८

काठमाडौँ। सानिमा क्यापिटलले बुधबारदेखि सानिमा ग्रोथ फण्ड निष्कासन तथा बिक्री खुला गर्दैछ। सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो।

सो योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ।

यस्तै,२४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

यस इकाईका लागि कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। यस अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति कात्तिक ३० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। यो फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *