सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

डिसी नेपाल
१६ कार्तिक २०७९ ९:३५

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन्। कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओ नियुक्त गरेको हो।

सानिमा जनरल इस्योरेन्सका सीईओ रहेका उपाध्ययले प्रिमियर इन्स्योरेन्समा समेत सीईओ भई कायम गरेका छन्। उनले व्यवस्थापनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गरेका छन्। साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच मर्जर भई कात्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *