विप्लव समूहले निर्वाचन बिथोल्ने आयोगको आशंका

डिसी नेपाल
१६ कार्तिक २०७९ १५:२९
108
Shares

काठमाडौँ। निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ। हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए।

‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो। तर त्यसो नभएपछि सुरक्षा निकायसँग गम्भीर छलफल गरेका छौं। सुरक्षा रणनीति परिमार्जन गरेका छौं,’ उनले भने, ‘यातायातमा आवश्यक निर्णय गर्छौं। नियमित र अनुशासित रूपमा चलाउने अन्तर्राष्ट्रिय अभ्यास छ। गृह र यातायात मन्त्रालयको सुझाव चलाउन हुँदैन भन्ने छ। व्यवस्थित रूपमा केही साधन चल्नेगरी आयोगले लजिकल निर्णय गर्छ।’

सुरक्षा निकायले पनि विप्लव समूह निर्वाचनमा चुनौती बन्न सक्ने विश्लेषण गरेको छ। दुई वर्षअघि शान्तिपूर्ण राजनीतिमा आएको नेकपा अहिले सडकमा पुगेको छ । उसले घोषित रूपमै निर्वाचनमा अवरोध गर्ने बताइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *