सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

डिसी नेपाल
१७ कार्तिक २०७९ ९:३४
100
Shares

काठमाडौँ। नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो। बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए। सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपको बयान गराइएको थियो।
बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ। अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *