‘कमेडी च्याम्पियन’ टिम र ओएसआरले फिल्म बनाउँदै, विशाल भण्डारीले निर्देशन गर्ने
काठमाडौं । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहनेछन् ।
यम थापाको कथामा फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ ।
थ्री प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने फिल्मका लागि कलाकारहरु भने तय गरिएको छैन । फिल्मको नामका विषयमा पनि छलफल भईरहेको छ । छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ ।
चलचित्रको सम्पूर्ण टिम र कलाकारको केहि दिनमा अफिसियल घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए। चलचित्र आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment