प्रदीप पौडेलको घरदैलो अभियानमा यस्तो देखियो

डिसी नेपाल
१८ कार्तिक २०७९ १६:४१

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले शुक्रबार बूढानिलकण्ठ मन्दिरको पनि दर्शन गर्दै बुढानिलकण्ठ क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।

सोे अवसरमा नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आफूले पहल गर्ने बताए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धामा रहेका पौडेलले घरदैलो कार्यक्रमका क्रममा जनतालाई संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्र काठमाडौं ५ को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने बताए। २०७४ सालमा तनहुँमा माओवादी केन्द्रकी आशा कोइरालासँग प्रदेशसभा सदस्यमा जम्मा ५ मतले पराजित प्रदीप युवा नेताको परिचय बनाउँदै फेरि ५ वर्षपछि काठमाडौँ–५ बाट एमालेका इश्वर पोखरेलसँग चुनावी भिडन्तमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *