अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२० कार्तिक २०७९ ९:१०

काठमाडौँ। आइतबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गर्दै अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा छ। शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९२ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८४ रुपैयाँ छ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९३ रुपैयाँ ३६ पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९४ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *