तीन लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको भाउ कति ?

डिसी नेपाल
२० कार्तिक २०७९ १४:५६

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेस्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि तीनवटै लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ।

उन्नती सहकार्य लघुवित्तको सेयर भाउ ८६ रुपैयाँ ८० पैसाले बढेर ९ सय ५४ रुपैयाँ ८० पैसा पुगेको छ। त्यस्तै, जल्पा सामुदायिक लघुवित्तको सेयर भाउ ३ सय ९ रुपैयाँ ९० पैसाले बढेर ३ हजार ४ सय ८ रुपैयाँ ९० पैसा पुगेको छ। भने, नेस्डो सम्बृद्ध लघुवित्त २ सय ८८ रुपैयाँ ५० पैसाले बढेर ३ हजार १ सय ७३ रुपैयाँ ५० पैसा पुगेको छ।

मार्केट डेपमा यी तीनवटै लघुवित्तको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *