हेर्नुहोस् यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२१ कार्तिक २०७९ ९:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा छ।

युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ११  पैसा र बिक्रीमा ८५ रुपैयाँ ५० पैसा छ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९४ रुपैयाँ २० पैसा तोकिएको छ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०२ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ०९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *